होमपेज > काठमाडौँको सडकबाट ‘बल्ब’ चोरेर घरमा बालेप‍छि…

काठमाडौँको सडकबाट ‘बल्ब’ चोरेर घरमा बालेप‍छि…

बिज्ञापन
बिज्ञापन

काठमाडौँ महानगर प्रहरी बलले सडकमा जडान गरेको बल्ब चोरेको आरोपमा एक जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ। नगर प्रहरीले दोलखा घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीमा बस्ने ३४ वर्षीय सुदीप बस्नेतविरुद्ध अभियोग पत्र दायर गरेको हो।

बिज्ञापन

बस्नेतलाई नगर प्रहरीले कोटेश्वर-बालकुमारी सडकबाट बल्ब चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। कोटेश्वर क्षेत्रको अइल्याण्डमा जडित बत्तीहरू पटक–पटक हराउन थालेपछि नगर प्रहरीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा गत फागुन १५ गते दिउँसो ३ बजे तार चुँडालेर बल्ब खल्तीमा हाल्दै गर्दा बस्नेतलाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त बल्बको मूल्य चार हजार ३५८ रुपैयाँ रहेको महानगरले जनाएको छ।

बिज्ञापन

उनी विरुद्ध महानगरले मुलुकी अपराध संहिता २७४ को दफा २४१ ९१० बमोजिम २ वर्षदेखि ७ वर्षसम्म कैद सजाय वा २० हजार रुपैयाँ जरिवाना हुनुपर्ने मागसहित काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। बस्नेतले आफूलाई बल्ब राम्रो लागेपछि घरमा लागेर बाल्छु भनेर चोरी गरेको स्वीकार गरेका छन्। उनले प्रहरीसामु बयानमा भनेका छन्, ‘कोटेश्वरको एक खाजा घरमा रक्सी खाएर निस्किएर बालकुमारीको सडक पेटी हिँड्दै गर्दा सडकमा लाइट जडान गरिएको रहेछ। राम्रो लागेर घरमा लगी बाल्नुपर्‍यो भनी तार चुँडालेर खल्तीमा हाली जान लाग्दा महानगर प्रहरी बलका कर्मचारीले मलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाए।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते