रौतहटमा चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद भएको छ। माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तरगत आइतबारको परीक्षामा जिल्लाभरका विभिन्न केन्द्रबाट सो परिमाणमा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।
बिज्ञापन
उनका अनुसार परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाई छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचको क्रममा सो मोबाइल बरामद भएको थियो। यसैगरी परीक्षा निरीक्षकको रूपमा खटी परीक्षा हलभित्र मोबाइल पास गराउने, परीक्षार्थीहरुलाई चिट चोर्न मद्दत गर्ने र प्रश्नपत्रमा भएको प्रश्नको उत्तर बोलेर लेखाई दिई परीक्षाको मर्यादा भङ्ग गर्ने २ जना गार्डहरू समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनको भनाइ छ।
बिज्ञापन
यसअघि परीक्षाको दुई दिनमा पनि ७६४ थान मोबाइल गरिएको रायले बताए। सबै मोबाइल सेटहरू प्रहरीकै नियन्त्रणमा रहेको उनको भनाइ छ।








