होमपेज > मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा मोरङको उर्लाबारीमा बिहीबार साँझ दुई जनाको मृत्यु भएको छ।

बिज्ञापन

मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार बेलुका दुइटा मोटरसाइकल आपसमा ठोक्किएका थिए। इलाका प्रहरी कार्यालय उर्लाबारीले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्गमा पूर्व जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ नम्बरको बाइक र पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

बिज्ञापन

दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका-५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका-४ रमाइलोका २८ वर्षीय किशोर गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका धिमालको उपचारका क्रममा उर्लाबारीकै अरनिको अस्पताल र गुरूङको मदन भण्डारी अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको हो।

त्यस्तै मोटरसाइकलमा सवार कानेपोखरी-४ का २६ वर्षीय अमृत लिम्बू र पथरी शनिश्चरे-५ का ३८ वर्षीय विष्णु धिमाल घाइते छन्। उनीहरूलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको छ। दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण अनियन्त्रित भएर ठोक्किएको प्रहरीको भनाइ छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते