हँसिया प्रहार गरी एक जनाको हत्या भएको छ।
बिज्ञापन
दैलेखमाको दुल्लु नगरपालिका–१३ का ५६ वर्षीय कर्णबहादुर कामीलाई भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले हँसिया प्रहार गरी हत्या गरेका हुन्। गएराति भुवनले कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए।
बिज्ञापन
आरोपित भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ।








