होमपेज > ट्याक्टरसँग मोटरसाइकलले ठक्कर खाँदा एकको मृत्यु, २ जना घाइते

ट्याक्टरसँग मोटरसाइकलले ठक्कर खाँदा एकको मृत्यु, २ जना घाइते

बिज्ञापन
बिज्ञापन

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाइते भएका छन्। उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका हुन्।

बिज्ञापन

बुधबार साँझ भएको दुर्घटनामा त्रियुगा नगरपालिका–१३ का ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईंले जानकारी दिए। मध्यपहाडी राजमार्गमा पर्ने त्रियुगा नगरपालिका १३ मा पर्ने दनुवारी चोकमा विपरित दिशाबाट आउँदै गरेको स १ त ५७४२ नम्बरको ट्याक्टरसँग प्र १–०५–००१ प ४२७३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको डीएसपी चापागाईले बताए। घाइते दुई छोराको अवस्था खतरामुक्त रहेको पनि उनले जानकारी दिए।

बिज्ञापन

दुर्घटनामा ज्यान गुमाउने चौधरीका छोराहरु १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरीलाई जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचारपछि गए राति नै थप उपचारको लागि विराटनगर पठाइएको छ। दुई छोरालाई मोटरसाइकलको पछाडि राखेर गाईघाटबाट घर जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन्।

तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिउको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताको शवगृहमा राखिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते