सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत् इन्भेष्टमेन्ट प्रा.लिबीच व्यावसायिक सम्झौता भएको छ।
बिज्ञापन
कुनै पनि व्यक्तिले बृहत् इन्भेष्टमेन्ट प्रा.लि द्वारा सञ्चालित चापा गाँउ परियोजना अन्तर्गतका घरजग्गा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।
बिज्ञापन
घरजग्गा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधिका लागि अधिकतम कर्जा रकम रु २ करोडसम्म उपलब्ध गराइनेछ। कर्जाको ब्याज दर ९.९९५ तोकिएको पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।
बैंकले आम ग्राहकहरुलाई घरजग्गा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकको तर्फबाट काठमाडौँ क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत् इन्भेष्टमेन्ट प्रा.लि को तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राज भण्डारीले हस्ताक्षर गरे।








