सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ। आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो।
बिज्ञापन

बिज्ञापन
कम्पनीलाई आज (शनिबार) राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ। कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो। सिटी एक्सप्रेसलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन्।








