कालीकोटमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनको संख्या सात पुगेको छ । प्रदेश अस्पताल सुर्खेत उपचारत सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको मृत्यु हो ।
बिज्ञापन
योसँगै मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार दिउँसो साढे २ बजे १९ जना यात्रु लिएर पलाँता गाउँपालिकाको खिनबाट थिुर्पू जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी दुर्घटना भएको थियो । पलाँता दुर्घटनामा घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाँया शाही तथा पलाँता–३ का दमन रोकाया छन् ।








