अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिज्ञापन
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा इन्डियन नं प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ढुङ्गे देउरालीमा आज साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।








