होमपेज > टाइगरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’को उपाधि

टाइगरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’को उपाधि

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीले यस वर्ष ‘टाइगर’ नामको कुकुरलाई ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधिबाट सम्मानित गरेको छ।

बिज्ञापन

कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन पारेर आज ‘टाइगर’लाई सम्मान दिइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी केनाइन कार्यालयका अनुसार सिन्धुपाल्चोक र नुवाकोटमा दुई महिलाको हत्या भएका घटनाको अनुसन्धान गर्न यो कुकुरले सघाएको थियो।

बिज्ञापन

हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधिको पहिचान र प्राकृतिक विपद्का घटनामा उद्धार तथा खोजी कार्यमा नेपाल प्रहरीले तालिमप्राप्त कुकुर प्रयोग गर्दै आएको छ। अहिले नेपाल प्रहरीले देशभरिका १२ ठाउँबाट विभिन्न प्रजातिका १०० वटा कुकुरलाई अपराध अनुसन्धानमा परिचालन गर्दै आएको छ।

बिज्ञापन

यसैबीच नेपाल प्रहरीले काठमाण्डौको सामाखुशीमा रहेको कुकुर तालिम केन्द्रमा कुकुरलाई अबिर, माला खानेकुरा दिएर कुकुर तिहार मनाएको छ। त्यसअवसरमा कुकुरहरूको कला पनि प्रदर्शन गरिएको थियो।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते