होमपेज > तीन दिनमा एक हजार ५९ जनामा डेंगु सङ्क्रमण

तीन दिनमा एक हजार ५९ जनामा डेंगु सङ्क्रमण

बिज्ञापन
बिज्ञापन

डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार तीन दिनमा एक हजार ५९ जना डेंगुका बिरामी थपिनुका साथै एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

योसँगै डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २१२ पुग्नुका साथै १२ जनाको मृत्यु भएको छ। हुम्लाबाहेक ७६ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले कास्की र काठमाडौँमा सबैभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो। दाहालका अनुसार कास्कीमा सात हजार १६१, काठमाडौँमा चार हजार ३१३, तनहुँमा दुई हजार २२६, पर्वतमा एक हजार ६७७, चितवनमा एक हजार ९९, बागलुङमा ९५५, गोरखामा ८२७, भक्तपुरमा ८२४, कैलालीमा ४३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।

बिज्ञापन

प्रदेशअन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा १३ हजार ८९८, बागमती प्रदेशमा नौ हजार १३२, कोशी प्रदेशमा एक हजार ७४२ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार ४४५, सुदूरपश्चिम प्रदेशमा एक हजार १९८, कर्णाली प्रदेशमा ३१९ र मधेश प्रदेशमा ४८७ जनामा डेंगु पुष्टि भएको छ। अझ एक महिना डेंगुको जोखिम कायम रहेकाले सचेत रहन डा।दाहालले आग्रह गर्नुभयो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते