बैतडीको दोगडाकेदार गाउँपालिका–४ दिउनामा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको छ ।
बिज्ञापन
दिउनाकी ६५ बर्षिया हिरादेवीको बिष्टको शुक्रबार बिहान खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । दोगडाकेदार गाउँपालिका–४ का वडाकाध्यक्ष तर्कराज भट्टका अनुसार बिष्टको बिहान १० बजेतिर स्थानीय उच्चाइनी भन्ने भिरबाट लडेर मृत्यु भएको हो ।
बिज्ञापन
भिरबाट लडेर करिब दुई सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको उनले बताए ।








