झापा भद्रपुर- ४ को रमिला चोकमा आइतबार साँझ म्याजिक भ्यान दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
भद्रपुर- ४ रमिला चोकमा भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ज ३६५७ नम्बरको म्याजिक आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो। म्याजिक नालामा कोल्टे परेको थियो। घाइते हुनेहरुमा कचनकवल- ६ बस्ने ३७ वर्षीया कुन्ती दाहाल, भद्रपुर नगरपलिका- २ बस्ने ३६ वर्षीया बेबी मगर सोही ठाउँ बस्ने ३४ वर्षीया भिमा गुरुङ , १८ वर्षीया सुनो लिम्बू, २९ वर्षीया समीक्षा तामाङ, वडा नं-३ बस्ने ३० वर्षीया एलिजा गुरुङ, वडा नं- १ बस्ने ४७ वर्षीय गाडीधनी भिमकुमार लिम्बू रहेका छन्।
घाइतेहरुको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।








