सोमबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
बिज्ञापन
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
बिज्ञापन
सोमबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।








