होमपेज > त्रिभुवन विश्वविद्यालयको अनलाइन फाराम भर्ने म्याद थप

त्रिभुवन विश्वविद्यालयको अनलाइन फाराम भर्ने म्याद थप

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह (२०८१) मा भाग दिन अनलाइन फाराम भर्ने समय थप गरिएको छ । असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा अब कात्तिक १० गतेसम्म भर्न सकिनेछ

बिज्ञापन

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दशैं विदाको कारण केही विद्यार्थीले आवेदन फाराम भर्न नपाएकोले म्याद थप गरिएको बताए । केही विद्यार्थीहरूले आवेदन फाराम भर्न नपाएको भन्दै कार्यालयमा गुनासो गरेका थिए । त्यही आधारमा आठ दिन म्याद थप गरिएको बताए । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न पाउनेछन् ।

बिज्ञापन

२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले ५० औं दीक्षान्त समारोहमा सहभागी हुन फाराम भर्न पाउछन् ।यसअघि जारी गरेको सूचना अनुसार भदौं २० गतेदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न भनेको थियो । तर, त्यो बीचमा विदा परेपछि म्याद थप गरिएको हो ।

आवेदन फारम भर्दा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्स्कृप्टको स्क्यान कपी अपलोड गर्नुपर्ने छ । अनलाइनबाट आवेदन सबमिट गर्दा प्राप्त सम्पूर्ण पीडीएफहरु डाउनलोड गरेर सुरक्षित राख्नुपर्ने छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते