होमपेज > के तपाईंको बच्चाले बढि मोबाईलफोन चलाउछ? सावधान हुनुहोस्!

के तपाईंको बच्चाले बढि मोबाईलफोन चलाउछ? सावधान हुनुहोस्!

बिज्ञापन
बिज्ञापन

विभिन्न कारणले गर्दा आजकल बच्चाहरूमा एक वा दुई वर्षको उमेरमै स्क्रिन हेर्ने बानी बसिसकेको हुन्छ । आमावुवाको व्यस्त जीवनशैलीले गर्दा, सानो परिवारको जागिरे आमावुवा जस्ले बच्चाहरुका लागि समय निकाल्न सक्दैन्न अथवा स्किनको बेफाईदाबारे ज्ञान नभएको अवस्थामा अभिभावकले बच्चाहरुलाई हेलचक्राई गरिरहेका हुन्छन् ।

बिज्ञापन

स्क्रिन हेर्ने बानी बालबालिकाहरुको लागि एकदमै हानिकारक छ । बिस्तारै उनीहरूलाई मोबाइल फोन र टिभीमा लत लाग्छ । उनीहरू दिनभरि फोनमै टाँसिएर बस्न थाल्छन् । केही बच्चा त यति धेरै स्क्रिन हेर्न थाल्छन् कि आँखालाई पनि कमजोर बनाउँछ । आमाबाबुलाई लाग्छ कि मोबाइल फोनहरूबाट बच्चाहरूलाई कुनै नोक्सान छैन । तर वास्तवमा यस्तो नभएर बच्चाहरुको लागि स्क्रिन हेर्ने बानी गम्भीर समस्या बन्न सक्छ । यसले उनीहरूको मस्तिष्कलाई त प्रभाव पार्छ नै व्यवहारमा पनि नराम्रो असर गर्छ ।

बिज्ञापन

धेरै मोबाइल हेर्दा बच्चा रिसाहा हुने, आक्रामक हुने र डिप्रेसन जस्ता समस्याहरू बच्चाहरुमा बढ्छ । लामो समयसम्म मोबाइल हेरिरहँदा उनीहरूको व्यवहारलाई धेरै परिवर्तन गर्न सक्छ । स्क्रिनको साइड इफेक्टका कारण बच्चाहरूमा एङ्गजाइटी र डिप्रेसन बढ्न थाल्छ । सुत्न समस्या हुन थाल्छ । मानसिक स्वास्थ्य बिग्रन्छ । बच्चाहरूमा व्यवहारसम्बन्धी समस्याका कारण तनाव बढ्छ । यी सबैका कारण बढी स्क्रिनटाइम हो ।

स्वास्थ्य विज्ञहरूको कुरा मान्ने हो भने मोबाइलको लत बसेको बच्चामा मुड स्विङ्ग, चिडचिडापन र अचानक रिसाउने समस्या बढ्न थाल्छ । यसले उनीहरूको विकासमा नराम्रो प्रभाव पार्छ । अभिभावकहरूले बच्चाहरूको व्यवहार परिवर्तनमा ध्यान केन्द्रित गर्नुपर्दछ । यदि बच्चाले राम्रोसँग खाँदैन वा सुत्दैन, स्कुल जान मन गर्दैन भने बच्चा मानसिक तनावमा हुन सक्छ । यस्तो अवस्थामा आमाबाबुले बच्चाहरूको विशेष हेरचाह गर्नुपर्दछ । व्यवहार सामान्य बनाउन ध्यान दिनुपर्छ । यसका लागि स्वास्थ्य विशेषज्ञहरूको सल्लाह लिन सक्नुहुन्छ ।

बिज्ञापन

बच्चामा तनावका लक्षणहरू देखिन्छन् भने आमावुवाले धीर भएर बच्चाहरूलाई मायाले फकाउनु पर्छ, राम्रो व्यवहार गर्नुपर्दछ । बच्चालाई के कुरामा समस्या भइरहेको छ? कुन कुराका तनाव छ? भन्ने बुझ्ने कोसिस गर्नुहोस् । बाल विशेषज्ञसँग परामर्श गर्नुहोस् । समयमा सही विज्ञको मद्दत लिनु बच्चाको मानसिक स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छ । बच्चाहरूलाई स्वस्थ मानसिक स्थिति सही राख्न अभिभावकहरूले नै मद्दत गर्न सक्छन् । सबै अभिभावकहरूले आफ्नो बच्चाको राम्रो मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न कोसिस गर्नुपर्छ ।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते