धार्मिक कार्यमा समेत मकैको खाना खाने चलन रहेको नेपाली समाजमा चामल, गहुँ पछिको अर्को खाद्यान्न मकै हो । मकै तराई र पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ । मकैको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । नेपाली समाजमा मकैलाई खाजको रुपमा समेत खाईन्छ ।
बिज्ञापन
मकैलाई ठूलाठूला होटल, फिल्म हल देखि लिएर फुटपाथमा समेत बिक्री गरिन्छ । मकैको विभिन्न परिकार बनाएर खान सकिन्छ । मकैलाई भुटेर, उसिनेर, पोलेर तथा कुटेर रोटि बनाएर खानाको रुपमा समेत उपभोग गरिन्छ । मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबर पाइन्छ ।
बिज्ञापन
-मकै खानुका फाइदाहरु :
१- पाचन प्रणलीलाई सन्तुलित बनाउन
बिज्ञापन
मकैमा फाइबरको मात्रा प्रशस्त हुन्छ, यसले पाचन प्रणलीलाई सन्तुलित बनाउने गर्दछ । मकैको नियमित सेवन गरेमा मानिसमा एसीडीटी र कब्जियतको समस्या हटेर जान्छ ।
२-मुटुरोगीलाई फाईदा
मकैको सेवनले कोलस्ट्रोल घटाई मुटुरोगको सम्भावनालाई समेत टार्ने गर्दछ ।
३-गर्भवती महिलालाई फाइदाजनक
मकैमा भिटामिन बी र फोलिक एसिड पर्याप्त मात्रामा पाइने हुँदा गर्भवती महिलाका लागि निकै फाइदाजनक हुन्छ ।
४- छाला लाई स्वस्थ राख्न
मकैमा हुने एन्टिअक्सिडेन्टले छाला तथा तन्तुलाई स्वस्थ राख्दछ ।
५- रोगप्रतिरोधात्मक क्षमता बढाउन
नियमित मकै खाने मानिसमा रोगप्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ ।
६-हड्डी बलियो बनाउँन
हड्डिमा समस्या हुनेले पोलेको मकै खानु निकै उपयोगि मानिन्छ, यसले हड्डी बलियो बनाउँछ । पोलेको मकैमा हुने कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसले समेत हड्डीलाई फाइदा गर्छ ।
७- पेट सम्बन्धी रोगमा
सातामा ३/४ पटकसम्म मकै खानेहरुमा पेट सम्बन्धी रोगको समस्या कम हुँदै जान्छ । भुटेको वा पोलेको मकै खाएमा यसले शक्तिको मात्रा बढाउँछ ।
८ -छालालाई चम्किलो बनाउन
छालालाई चम्किलो बनाउनका मकैको सेवन लाभदायी हुन्छ । मकैमा ऐँठी–अक्सिडेन्ट हुने भएकाले अनुहारमा चाउरी पर्न दिँदैन ।
९-आँखाको लागि
मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ । यसले बढ्दो उमेरसँगै हुने रतन्धो लगायतका सम्भावना कम गर्दछ ।
-यो पनि पढ्नुहोस् :








