उदयपुरको बेलका नगरपालिका -३ शान्ति चोकमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
बिज्ञापन
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपलिका वडा नं. ३ शान्ति चौकस्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २८२७ नं.को यात्रु बाहक बस आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको हो।
बिज्ञापन
घाइतेहरूको बेलका नगर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।








