लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रतिशेयर अङ्कित मूल्य १०० रुपियाँका दरले कुल २२ करोड पचास लाख रुपियाँको खरीद प्रत्याभूति सेवाका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि तथा आरबिबि म्युचुअल फन्ड १ लाई नियुक्त गरेको छ ।
बिज्ञापन
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले उक्त शेयर प्रत्याभूति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
बिज्ञापन
एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा,हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा शेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको न्यूरोड, पोखरामा मुख्य कार्यालय स्थापना भएको जीवन बीमा कम्पनी हो ।
बिज्ञापन







