होमपेज > किसमिस खानुको ६ फाइदा

किसमिस खानुको ६ फाइदा

बिज्ञापन
बिज्ञापन

किसमिस ड्राई फ्रूट्स अन्तर्गत पर्दछ । किसमिसमा आयरन, कैल्शियम, फाइबर, पोटैशियम, मैग्नीशियम, एंटीऑक्सीडेंट प्रयाप्त मात्रामा पाइन्छ । खाली पेटमा किसमिस खाँदा यसले कब्जियतको समस्या कम गराउँछ । किसमिसले हेमोग्लोबिन बढाउन मद्दत गर्छ भने कलेजोलाई स्वस्थ राख्छ ।

बिज्ञापन

यसमा हुने क्याल्सियमले हड्डीलाई मजबुत बनाउँका साथै उच्च रक्तचाप पनि घटाउँछ । किसमिसको पानीले रगत बढाउन मद्दत गर्छ । एक मुठ्ठी किसमिसलाई रातभर पानीमा भिजाएर बिहान खाली पेटमा पानी पिउनाले यसले शरीरमा पर्याप्त मात्रामा रगत बढाउँछ । त्यस्तै, बालबालिकाको शारीरिक विकासका लागि पनि यो महत्वपूर्ण छ । यसले बालबालिकाको तौल बढाउँछ । यसको सेवनले पाचन क्रियालाई सुधार्दै इम्यून सिस्टमलाई समेत बलियो बनाउदै जान्छ ।

बिज्ञापन

-किसमिसका खानुका फाइदाहरू:

१-  रगतको कमिमा

बिज्ञापन

किसमिसले रगतको कमिमा राम्रो फाइदा गर्दछ । रगतको कमि भएकाहरूले नियमित यस्को सेवन गर्नुपर्छ । किसमिस भिटामिन बी र आयरनको राम्रो स्रोत हो ।

२-खाना पचाउन

किसमिस फाइबरको राम्रो स्रोत भएकाले खाना पचाउन समेत राम्रो भूमिका खेल्दछ । फाइबरको अर्को महत्वपूर्ण काम भनेको कब्जियत हटाउनु हो । किसमिस को सेवन दैनिक गर्नाले पेटमा जम्मा भएको फोहर फाल्न समेत राम्रो भूमिका खेल्दछ । सवैभन्दा महत्वपूर्ण कुरा भनेको पेटमा जम्मा भएको बिषलाई यसले हटाउने काम गर्दछ ।

३-गर्भवतीलाई फाइदा

किसमिसमा प्रशस्त क्यालशियम पाइने भएकाले गर्भवतीलाई राम्रो फाइदा गर्दछ । यसमा क्याल्शियम र आयरन हुनाले गर्भवतीले किसमिस खानुहोस् भन्ने हाम्रो राय छ । शरिरमा आवश्यक भिटामिनका कमिका कारण हुने सम्पुर्ण रोगमा यो उपयोगी छ । शरीरमा क्याल्शियमको आपूर्ति गर्नु परेमा दैनिक किसमिस खानु उत्तम मानिएको छ ।

४-क्यान्सर हुदैन

सुन्दा अचम्म लाग्न सक्छ नियमित किसमिस खानेहरूलाई क्यान्सर हुदैन भनेको छ । किसमिसमा पाइने एक प्रकारको कैटेचिन नामको एंटीऑक्सीडेंट पाइने हुनाले किसमिसको सेवनले पेटको क्यान्सर, ट्यूमरलाई समेत रोक्दछ ।

५- आँखाको लागी  फाइदा 

किसमिसको प्रयोग आँखाको लागी राम्रो फाइदा गर्दछ । किसमिसमा पॉलीफेनोलिक फाइटोन्यूट्रिएंट्स नामक तत्व प्रचुर मात्रामा पाइने भएकाले यसबाट प्राप्त एंटीऑक्सीडेंटले आँखाको ज्योति बढाउन राम्रो भूमिका खेल्दछ ।

६- उच्च रक्तचापलाई रोक्न

उच्च रक्तचापका रोगीले नियमित किसमिसको सेवन गर्नु राम्रो फाइदा छ । एउटा रिपोर्ट अनुसार किसमिसको सेवनले उच्च रक्तचापलाई बढ्न समेत रोक्ने काम गर्दछ  किसमिसको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक क्यालोरी पुरा गरी अनेक रोगबाट बचाउन सक्नेछ ।  किसमिसमा एंटीबैक्टीरियल गुण हुने भएकाले ज्वरो आएको बेला किसमिसले राम्रो फाइदा गर्दछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते