होमपेज > के तपाईंलाइ तामा मनपर्छ? यस्ता छन् तामा खानुका फाइदा !

के तपाईंलाइ तामा मनपर्छ? यस्ता छन् तामा खानुका फाइदा !

बिज्ञापन
बिज्ञापन

बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो तरकारी हो। तामा बाँसको कलिलो टुसा हो  । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए पनि हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ,तपाईंको स्वाद र मर्जी अनुसार ।

बिज्ञापन

तामामा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन जरुरी हुन्न । अर्थात यो शुद्ध, ताजा र पूर्ण जैविक हुन्छ । किनभने बाँसका लागि अतिरिक्त मल र विषादी चाहिँदैन । न सिंचाई गर्नुपर्ने, यो जता–ततै सजिलै हुर्कने वनस्पति हो । वास्तवमा बाँस आफैमा बहुउपयोगी र बहुगुणी वनस्पति हो । बाँस छिटै बढ्ने प्रजातिमा पर्छ ।

बिज्ञापन

त्यसैगरी यसले वायुमण्डल शुद्धिकरणमा पनि खास भूमिका खेल्छ । अब कुरा गरौं, बाँसको टुसाको । टुसालाई तामाको रुपमा विभिन्न व्यञ्जन बनाएर खान सकिन्छ । यसको सुप बनाएर खान सकिन्छ, भुटेर खान सकिन्छ, अन्य सागसब्जीमा मिसाएर खान सकिन्छ, अचार बनाएर खान सकिन्छ । अर्थात आफ्नो स्वाद अनुसार यसलाई थरीथरी परिकारमा तयार गर्न सकिन्छ ।

तामा, आलु र बोडीको झोलले त धेरैको जिब्रो लोभ्याउँछ । त्यसैगरी यसलाई सुख्खा भुटेर वा अचार बनाएर पनि स्वाद फेर्न सकिन्छ । बाँसको तामालाई पारम्परिक खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिन्छ । स्वादको मात्र के कुरा, यो पौष्टिकताले पनि भरपुर तरकारी हो । बाँसको तामामा मूख्यत भिटामिन ए, भिटामिन इ, भिटामिन बि, भिटामिन बि६, थायमिन, फोलेट, प्याटोथेनिक एसिड, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, पोटाशियम, सोडियम, कपर, आइरन जस्ता तत्व पाइन्छ ।

बिज्ञापन

१-औषधिको रुपमा:

बाँसको तामामा औषधिय गुण हुन्छ । यसलाई औषधिको रुपमा पनि प्रयोग गरिदै आएको छ । लगभग २ हजार बर्षदेखि पारम्परिक चिनियाँ औषधिय सामाग्रीको रुपमा प्रयोग गरिदै आएको पाइन्छ । तिब्बती चिकित्सा पद्धतीमा यसलाई ‘तबाशीर’ वा ‘तवाशीर’ भनिन्छ । भारतिय पारम्परिक चिकित्सा पद्धतीमा बाँसको तामामा पाइने प्राकृतिक क्याल्सियमलाई ‘वंशलोचन’ भन्ने गरिन्छ ।आधुनिक शोधमा के पाइएको छ भने, बाँसको तामाबाट केही स्वास्थ्य लाभ मिल्छ ।

यसमा भएको पाइने एमिनो एसिडमा उचाई बढाउने, गर्भाशय स्वास्थ राख्ने गुण हुन्छ । बाँसमा युटरोटोनिक नामको तत्व पाइन्छ, जो गर्भाशयको संकुचन बढाउन उपयोगी हुन्छ ।यसमा पाइने भिटामिन इले छालालाई स्वास्थ राख्न मद्दत गर्छ । भिटामिन ईले हाम्रो लागि एक एन्टिअक्सिडेन्टको काम गर्छ । यसले छालाको कोशिलाई फ्री रेडिकल्सको प्रभावबाट बचाउँछ ।

२-पोषक तत्व:

बाँसको तामामा भिटामिन, खनिज पदार्थ, प्रोटिन र अरु केही प्रकारका एन्टिअक्सिडेन्टको राम्रो मात्रा पाइन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । साथै यसमा हुने फाइटोन्यूट्रिएन्ट्सले हृदयको कार्यप्रणालीलाई राम्रो बनाउँछ ।

एक अध्ययन अनुसार बाँसको तामामा पाइने फाइटोस्टेरोल्स र फाइटोन्यूट्रिएन्ट्सले शरीरको खराब कोलेस्ट्रोल क मगर्न मद्दत गर्छ । यसका साथै बाँसको तामा पोटेशियम हुन्छ, जसले रक्त प्रवाह एवं हृदयको गति सन्तुलित राख्न मद्दत गर्छ । समग्रमा, बाँस बहुउपयोगी वनस्पति हो भने बहुगुणी पनि हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते