स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ ।
बिज्ञापन
यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ । गर्मी याममा दिउसो मनतातो पानी पिउन नसक्दा समेत यदि बिहानमा मात्र पनि पिउन सकेमा मात्रै त्यो निकै फाइदाजनक हुन्छ ।
बिज्ञापन
–मनतातो पानी पिउनुका फाइदाहरु:
१-मनतातो पानी पिउनाले शरीरमा उपापचयन प्रक्रिया बढ्दछ र यस कारण वजन नियन्त्रण हुन्छ ।
२-मनतातो पानी पिउनाले शरीरको तापक्रम केही वृद्धि हुन्छ । जसका कारण शरीरबाट पसिना निस्कने क्रम बढ्दछ र यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्दछ ।
३-मनतातो पानी नियमति रुपमा पिउनाले रक्तसञ्चार सन्तुलित हुन्छ र मुटु सम्बन्धी समस्याबाट जोगाउँदछ ।
४-मनतातो पानी पिउनाले जोर्नी मजबुत हुनाको साथै बाथको जोखिम पनि कम गर्दछ ।
५-पाचन प्रणालीलाई तन्दुरुस्त राख्न तथा कब्जियतको समस्या हटाउन मनतातो पानीको सेवन अधिक लाभदायक हुन्छ ।
६-घाँटीको दुखाइ तथा खोकीको समस्यामा पनि मनतातो पानीको सेवन लाभदायक मानिन्छ ।
७- मनतातो पानीको पर्याप्त सेवनले छाला सुख्खा हुनबाट बचाउनुका साथै कपाल र्झन पनि रोक्दछ ।
८-महिनावारीको समयमा महिलामा तल्लो पेट दुख्ने समस्यालाई पनि मनतातो पानीको सेवनले कम गर्दछ ।
९-छालालाई चमकदार बनाउन तथा अनुहारमा छिटो चाउरी पर्न नदिनका लागि पनि पर्याप्त मनतातो पानी पिउनु आवश्यक हुन्छ ।








