होमपेज > साथीलाई बचाउन जाँदा नेपाली सेनाका कर्णेलले गुमाए ज्यान

साथीलाई बचाउन जाँदा नेपाली सेनाका कर्णेलले गुमाए ज्यान

बिज्ञापन
बिज्ञापन

साथीलाई बचाउन जाँदा नेपाली सेनाका एकजना कर्णेलले ज्यान गुमाएका छन् । रिसोर्टमा सुतिरहेका बेला पहिरोमा पुरिएका साथीलाई उद्धार गर्न जाँदा नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) ३६ वर्षीय मिलन केसीले ज्यान गुमाएका हुन् ।

बिज्ञापन

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ चियानेस्थित सिन्धुबीच रिसोर्टलाई पहिरोले पुरेपछि उद्धार गर्न जुट्दा केसीको शनिबार निधन भएको हो । नेपाली सेनाको भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा कार्यरत केसी दोलखाको भीमेश्वर नगरपालिकाका बासिन्दा थिए । उनी दुईजना कोरियन नागरिकसहित शुक्रबार राति सिन्धुबीच रिसोर्टमा बास बस्न पुगेका थिए । जसमा एकजना कोरियनले ज्यान गुमाएका छन् भने अर्का बेपत्ता भएका छन् । उनीहरूका गाडी चालकको पनि केसीसँगै ज्यान गएको छ ।

बिज्ञापन

तर शनिबार पहिरो झरेपछि कर्णेल केसीसहितको टोली त्यहाँबाट निस्केको थियो । आफू निस्किए पनि रिसोर्टमा रहेका कोरियन नागरिकलाई उद्धारका लागि उनी फेरि त्यहाँ पुगेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काका अनुसार कोरियनलाई बचाउन पुगेका केसीलाई रिसोर्टमा त्यही बेला खसेको ठूलो पहिरोले पुरेको हो ।

पहिरोमा पुरिएका उनी चोट लागेर घाइते भएका थिए । त्यसपछि उनलाई उद्धार गरेर निकालिएको थियो । उनी पहिरोस्थलबाट आफैं हिँडेर निस्किए पनि केही बेरमै ढल्न पुगेको खुलेको छ । कर्णेलमा बढुवा भएका केसीले फूली लगाएर जिम्मेवारी सम्हाल्न बाँकीनै थियो । सेनाका अनुसार केसी संयुक्त राष्ट्रसंघीय मिशनअन्तर्गत सिरिया जानुपर्ने तयारीमा थिए । सिन्धु बीच रिसोर्टको पहिरोमा परेर उनीसँगै गएका एकजना कोरियन पर्यटक पनि परेका छन् । उनीहरू दुवैजनाको शव बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र लगेर काठमाडौं पठाइएको एसपी खड्काले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते