अविरल परेको अति भारी वर्षाका कारण आएको खोलामा बाढीले काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल बगाएको छ ।
बिज्ञापन
काठमाडौंको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिएका छन् । बाढीका कारण त्यस क्षेत्रको सडकमा आवतजावतमा अवरोध सिर्जना भएको छ भने आसपासका घरहरु डुबानमा परेका छन् ।








