होमपेज > नेपाल क्रिकेट संघको साधारणसभा पोखरामा हुदै

नेपाल क्रिकेट संघको साधारणसभा पोखरामा हुदै

बिज्ञापन
बिज्ञापन

नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा पोखरामा जारी छ। लेकसाइडको माउण्ट कैलाश रिसोर्टमा जारी साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरे।

बिज्ञापन

संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्ने भनिएको सभा मौसमका खराबीको कारण आउन नसकेपछि प्रदेशमन्त्री थापाले साधारणसभाको उद्घाटन गरे। प्रदेशका खेलकुद मन्त्री थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन्। उनले खेलकुुद क्षेत्रअन्तर्गत क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धि प्रशंसनी रहेको बताए। ‘क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं। हाम्रो भावनालाई मजबुत बनाएको छ,’ उनले भने। सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्र मिलेर नै नेपालको खेलकुदको विकासमा गति बढाउन सकिने भनाइ उनको छ। नेपालको संविधानले खेलकुुद क्षेत्रलाई तीन तह संघ, प्रदेश र स्थानीयको जिम्मेबारीमा सुम्पिएको र राष्ट्रिय खेलकुद निकाय ऐन २०७७, प्रदेश खेलकुद विकास ऐन, २०७७ र स्थानीय कानून निर्माण भएको उनले जानकारी गराए।

बिज्ञापन

गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल संघसंस्थाहरुको नियमन र संचालन मापदण्ड लागु गरेको बताए। खेलाडीहरुको पहिचान, अवसर र सम्मानका लागि रेफ्री/कोच/खेलाडीका लागि वार्षिक आकस्मिक विमा कार्यान्वयन गरिएको उनले उल्लेख गरे। हाल ओलम्पियन ९ जना खेलाडीलाई प्रदेश सरकारले वार्षिक भत्ताको व्यवस्था समेत गरेको छ। त्यसका लागि उनले खेलाडी कल्याणकारी कोष र गण्डकी प्रदेश खेलकुद पदकको स्थापना र संचालन कार्यविधि निर्माण चरणमा रहेको बताए। गण्डकी सरकारले गत वर्ष तनहुँको शुक्लागण्डकी ८, गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको छ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले एनपीएलका लागि टियुुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराए। उनले खेलकुदलाई उद्यम, आयआर्जनसँग जोड्न परिषद लागिरहेको उल्लेख गरे। घरेलु क्रिकेटको अवस्था मजबुत बनाउन आवश्यक रहेको भनाइ उनको छ। नेपाल क्रिकेट संघका महासचिव पारस खड्काले नेपाली क्रिकेट टोलीले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइएको बताए । पूर्व कप्तान समेत रहेका उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे। कार्यक्रम क्यान अध्यक्ष चतुुरबहादुर चन्दको अध्यक्षतामा भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते