बैतडीको दशरथचन्द नगरपालिकाको डुवापानीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बिज्ञापन
बिहीबार राति छेलाबाट दशरथचन्द नगरपालिका–३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जिप अनियन्त्रित भई डुवापानी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते ६ जनामध्ये एक जनालाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । उक्त जिपमा ८ जना यात्रु सवार थिए । चालकसहित ६ जना घाइते भएको र घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बिज्ञापन
घाइतेमध्ये दशरथचन्द नगरपालिका–३ वरकुरालीका दिलिप नाथलाई थप उपचारका लागि धनगढी लगिएको हो । जिप सडकबाट ५/१० मिटर तल खसेर सल्लाको रुखमा अड्किएकाले ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ ।








