सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । छोराले प्रहार गरेको गोली लागेर युवकका बुवा पनि घाइते भएका प्रहरीले जनाएको छ।
बिज्ञापन
गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यादवले प्रहार गरेको गोली लागेर उनका ५४ वर्षीय बाबु रामदिनेश राय यादव घाइते भएका छन् । उनको बाँया हातमा गोली लागेको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ । यादवले पत्नीको हत्या गर्नुको कारण भने खुलेको छैन।
बिज्ञापन
‘हत्यापछि उनी फरार रहेको र खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ । धिरेन्द्र एक महिनाअघि मात्रै वैदेशिक रोजगारी (कुवेत)बाट फर्किएको प्रहरीले जनाएको छ।








