स्वास्थ्यका लागि फलफूल सेवन लाभदायक हो । यतिबेला मेवाको मौसम छ । मेवा एकदमै गुणकारी फल मानिन्छ । खासगरी पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्न मेवाको सेवन उपयोगी हुन्छ । भिटामिन सी, ए, पोटासियम तथा क्याल्सियम र आइरनले भरिपूर्ण मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ।
बिज्ञापन
मेवाले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ। मेवामा फाइबर, भिटामिन सि र एन्टि अक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ, जसले रक्त कोसिकामा कोलोस्ट्रोर जम्न दिदैन । केवल एक मेवामा यति धेरै भिटामिन-सी पाइन्छ कि, त्यसले तपाईको शरीरमा प्रतिदिन चाहिने भिटामिन-सिको मात्रा पुरा गर्न सक्छ । यसले तपाईको रोगसँग लड्ने क्षमता बढाउँछ ।
बिज्ञापन
मेवा खानुका फाईदाहरु-
१- मेवाको स्वास्थ्यवर्धक गुणः
बिज्ञापन
गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको सुन्दरता बढाउन पनि सहयोग गर्दछ। यो एउटा यस्तो फल हो जसमा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइन्छन्। यसका साथै स्वास्थ्यका लागि हितकारी पनि मानिन्छ। मेवाका केही उत्कृष्ट स्वास्थ्य लाभका सूची यहाँ दिइएका छन्।
२- तौल घटाउन सहयोगीः
मेवामा क्यालोरी एकदमै थोरै हुन्छ । मेवाको सेवन तौल नियन्त्रणका लागि पनि उपयोगी हुन्छ । गुलियो भएता पनि क्यालोरीमा कम मेवालाई तौल कम गर्न चाहना राख्नेहरुले आफ्नो खानामा समावेश गर्नुपर्छ । यसका साथै मेवामा पाइने फाइबरले तपाईंको भोकलाई मेटाउने गर्दछ भने आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । फलस्वरुपः तौल घटाउन सजिलो हुने गर्दछ ।
३- आँखाको लागि फाइदाजनकः
मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ । मेवाको सेवनले आँखाको दृष्टि बढाउन पनि सहयोग गर्छ ।
४- कोलेस्ट्रोल कम गर्दछः
मेवामा फाइबर, भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईंको रक्त कोसिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचापसमेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।
५- महिनावारीको पीडाबाट छुटकाराः
मेवामा पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । त्यसकारण महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश गर्नुपर्छ । यसले महिनावरीको क्रममा हुने पीडालाई कम गर्छ ।
६- प्रतिरोधी क्षमतालाई बलियो बनाउँछः
तपाईंको प्रतिरोधी क्षमता विभिन्न संक्रमणविरुद्ध ढालको रुपमा काम गर्ने गर्दछ । एउटा मेवामा मात्र यति भिटामिन हुन्छ जुन तपाईंको प्रतिदिनको भिटामिन सीको आवश्यकताको लगभग २ सय प्रतिशत हुने गर्दछ । यसरी यसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने गर्दछ।
७- मधुमेह रोगीका लागि फाइदाजनकः
मेवा स्वादमा गुलियो भएता पनि यसमा चिनीको मात्रा एकदमै कम नाममात्रको हुने गर्दछ । त्यसकारण मेवा मधुमेह रोगीका लागि राम्रो आहारको रुपमा एक उत्कृष्ट विकल्प हो । यसका साथै, जो मधुमेह रोगी छैनन्, यसको सेवनले मधुमेहको खतरा टाल्न सक्छ । मधुमेह रोगीको लागि मेवा लाभदायक हुन्छ ।
८- क्यान्सरलाई रोक्न प्रभावकारीः
केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् । यसका साथै, यसमा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ त्यसकारण आफ्नो आहारमा मेवा समावेश गर्नुहोस्।
९- तनाव कम गर्छः
यो उत्कृष्ट फलमा तनाव कम गर्ने ताकत पनि हुन्छ । युनिभर्सिटी अफ अल्बामामा भएको एक अध्ययनका अनुसार लगभग २ सय मिलिग्राम भिटामिन सी स्ट्रेस हर्मोनलाई संचालित गर्नमा सक्षम हुन्छ र मेवामा भिटामिन सी प्रचुर मात्रामा पाइने गर्दछ ।
१०- पाचन क्रियालाई बलियो बनाउँछः
मेवामा फाइबरका साथै पपेन नामक एक एन्जाइम हुन्छ जसले तपाईंको पाचन शक्तिलाई बलियो बनाउँछ। यो एन्जाइम आहारलाई पचाउनमा निकै सहयोगी हुन्छ । जसलाई पेटसम्बन्धि समस्या छ जस्तै कब्जियत छ भने उनीहरुले मेवाको सेवन नियमित रुपमा गर्नुपर्छ।
११- बुढ्यौली रोक्छः
हामी सबैजना सधैं जवान रहन चाहन्छौं, तर कोही पनि यसमा सफल भने हुन सक्दैनौं। तरपनि, स्वास्थ्यबद्र्धक बानी र मेवालाई आफ्नो आहारमा समावेश गरेर तपाईंले आफ्नो उमेरलाई कम गर्न सक्नुहुन्छ। मेवामा भिटामिन सी, भिटामिन इ र बीटा क्यारोटिन, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ जसले शरिरको पोषणको आवश्यकता पूरा गरेर तपाईंलाई वर्षौंसम्म जवान बनाइराख्छ।
१२- जोर्नी दुखाईबाट बचाउः
जोर्नी दुखाइले शरिरलाई दुर्बल बनाउनुका साथै तपाईंको जीवनशैलीलाई पनि नराम्रोसँग प्रभावित गर्ने गर्दछ । यसमा भिटामिन सीका साथै एन्टि इन्फ्लामेटरी गुण हुने भएकाले मेवा खानु तपाईंको हड्डीका लागि प्रभावकारी मानिन्छ । एक अध्ययन अनुसार भिटामिन सीयुक्त खानेकुराको सेवन नगर्नेहरुमा जोर्नी दुखाईको खतरा भिटामिन सीको सेवन गर्नेहरुभन्दा लगभग तीन गुणा बढि हुन्छ।








