होमपेज > लुटपाट गर्ने सात जना पक्राउ

लुटपाट गर्ने सात जना पक्राउ

बिज्ञापन
बिज्ञापन

सुनसरीको इटहरी उपमहानगरपालिका आसपासका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ परेका छन्। इटहरीको प्रमुख धार्मिक स्थलमा पर्यटकहरूलाई आतंकित पारी लुटपाट गर्ने सात जनाको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले बताए।

बिज्ञापन

इटहरीको तालतलैया क्षेत्रमा आउने पर्यटकहरूलाई आतंकित पारी सांगठनिक रुपमा नगद र गरगहना लुटपाट गर्ने सातजनालाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए। झापा बाह्रदशी गाउँपालिका-३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको बेलामा बाटो छेकेर चक्कु देखाउँदै २ लाख लुटपाट गरी फरार भएका थिए। पीडितहरूले इलाका प्रहरी कार्यालय इटहरी निवेदन दिएपछि प्रहरी परिचालन गरी लुटेरालाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए।

बिज्ञापन

पक्राउ पर्नेमा रामधुनी नगरपालिका-३ को २२ वर्षीय अनिस कोइराला, १९ वर्षीय शुसन थापा, इटहरी उपमहानगरपालिका-४ को २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत, १८ वर्षीय निश्चल बस्नेत वडा नम्बर ७ को १८ वर्षीय साकार भण्डारी तथा इटहरी उपमहानगरपालिका-४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री रहेका छन्। उनीहरूको साथबाट ३ लाख २ सय ५५ रुपैयाँ नगद, चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको डीएसपी भण्डारीले बताए। सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते