हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ ।
बिज्ञापन
विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ । त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । त्यस्तै आज (शनिबार) शनिदेवको देष्टि नपरोस् भनेर शनिदेवको पूजा गर्ने चलन रहेको छ । यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउनुपर्छ । रात्री भोजमा नुन खानुहुँदैन् ।
बिज्ञापन
मूर्ति रूपमा गर्नु हुदैन शनिको पुजा
शनि देवको पुजा गर्दा एउटा कुराको ध्यान राख्नु जरुरि छ, शनिदेवलाई आफ्नो मूर्ति को समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनि को आराधना सदैव त्यो मंदिरमा मात्र गर्नुपर्दछ जहा शनिदेव शिला रूपमा विराजमान हुन। यसको अलावा शनिदेव को आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेव को पूजा शनिबार मात्र गर्नु पर्दछ।
बिज्ञापन
शनिबारको व्रत किन बसिन्छ?
शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ। धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ।
यो व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ। अझ श्रावण महिनाको शुक्ल पक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वाश छ। फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई घाम, अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ। व्रतको दिन नीलो वस्त्र धारण गर्ने चलन छ। एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्व फर्केर उक्त मिश्रित जल (पानी) चढाउनु पर्दछ। त्यसपछि भगवान भोलेनाथ महादेवको उपासना गर्नुपर्दछ।
यो व्रत जम्मा १९ वटा शनिबारसम्म लिने मान्यता छ। अन्तिम दिन कालो मास, तिल, फलामका सामान आदि काला पदार्थहरू दान गर्नुपर्छ। ब्राह्मण भोजन गराई तथा वस्त्र, दक्षिणा आदि प्रदान गरी ब्राह्मणलाई प्रसन्न तुल्याउनु पर्दछ ।
यसरी गरौ पूजा
शनिवार को पूजा गर्दा यो कुराको ध्यान राखौ। यस दिन पीपलको रुख को जरामा नै जल अर्पण गरौ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेल को दीपक जलाउ। शनि को पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ। यसको अलावा शनिवारको दिन बेलुका गरीबलाई भोजन गराउदा सनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ।








