होमपेज > घट्यो आन्तरिक हवाई भाडा

घट्यो आन्तरिक हवाई भाडा

बिज्ञापन
बिज्ञापन

वायु सेवा कम्पनीहरूले आन्तरिकतर्फ हवाई जहाजको भाडा घटाएका छन्। नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि जहाज कम्पनीले भाडा घटाएका हुन्। सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम दुई सय ६५ रूपैयाँसम्मले भाडा घटेको छ।

बिज्ञापन

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भाडा निर्धारण हुन्छ। सबैभन्दा धेरै भाडा काठमाडौं– नेपालगन्ज उडानको घटेको छ। काठमाडौं नेपालगन्ज रुटमा दुई सय ६५ रूपैयाँ घटेको छ। त्यसैगरी सबैभन्दा कम काठमाडौं–सिमरा उडानमा ४५ रूपैयाँ घटेको छ। घटेको हवाई भाडादर बुधबारदेखि नै लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आयल निगमले हवाई इन्धनको मूल्य न्यूनतम पाँच रूपैयाँ घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने गरेका छन्।

बिज्ञापन

नयाँ भाडादर अनुसार त्रिभुवन अन्तर्राष्ट्रियबाट उडान हुने वायु सेवा कम्पनी भाडादर घटाएका छन् । काठमाडौं– भद्रपुर रुटमा एसय ५० रूपैयाँ, काठमाडौं– विराटनगर एक सय २० रूपैयाँ, काठमाडौं– जनकपुर ६५ रूपैयाँ, काठमाडौं-भरतपुर ५० रूपैयाँ, काठमाडौं– पोखरा ८० रूपैयाँ, काठमाडौं– भैरहवा १०५ रूपैयाँ इन्धनको मूल्य घटेको छ । यो सम्बन्धित गन्तव्यबाट फर्किंदा पनि भाउ सोही दरमै घटेको छ। त्यसैगरी, काठमाडौं– नेपालगन्जमा एक सय ६५, धनगढीमा दुई सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा एक सय ७५, राजविराजमा एक सय रूपैयाँले घटेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते