होमपेज > अक्सिजनको अभावमा नवजात शिशुको मृत्यु

अक्सिजनको अभावमा नवजात शिशुको मृत्यु

बिज्ञापन
बिज्ञापन

रौतहटको दक्षिणी भेग भारतीय सीमासँग जोडिएको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजनको अभाव हुँदा नवजात शिशुको मृत्यु भएको छ ।

बिज्ञापन

बौधिमाई ४ स्थित इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एक जना नवजात शिशुको मंगलबार बिहान मृत्यु भएको हो । बौधीमाई नगरपालिका-४ का गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो । जन्मिएको केही समयपछि शिशुको मुटुको चाल मन्द हुँदा थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा राखेर वीरगन्ज रिफर गरिएको थियो । वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको मृत्यु भएको पीडित पटेलले बताएका छन् ।

बिज्ञापन

थप उपचारको लागि बिहान ५ बजे नवजात शिशुलाई वीरगन्जस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । इनरवारी स्वास्थ्य चौकीका इञ्चार्ज अकलेश ठाकुरले पनि अक्सिजन अभावमा शिशुको मृत्यु भएको स्वीकार गरेका छन् । नर्मल जन्मिएको बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू आत्तिएर शिशुलाई थप उपचारका लागि वीरगञ्ज पठाएको थियो । तर एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा अक्सिजन नहुँदा बच्चाको मृत्यु भएको थियो । बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एम्बुलेन्सको अक्सिजन नहुँदा शिशुको मृत्युको दुःखद घटना भएको बताएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते