भैंसेपाटीस्थित एक स्कुलको होस्टेलमा एक जना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।
बिज्ञापन
ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डी शनिबार मृत भेटिएका हुन् । उनी सोही होस्टेलमा बस्ने गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।








