होमपेज > पहिरो खसेर महाकाली लोकमार्ग अवरुद्ध

पहिरो खसेर महाकाली लोकमार्ग अवरुद्ध

बिज्ञापन
बिज्ञापन

सुक्खा पहिरो खसेर महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ।

बिज्ञापन

बुधबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको र यातायात साधन सञ्चालनमा अवरोध सिर्जना भएको हो। लोकमार्गका विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ। पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन्। दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ जाने दिवा तथा रात्रिसेवाका बस बाटोमानै रोकिएका छन्।

बिज्ञापन

पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ। बिहानैदेखि डिभिजन सडक कार्यालय बैतडी पाटनको स्काभेटरले पहिरो पन्छ्याए पनि ठूलो ढुङ्गा फुटाउन ढुङ्गा फुटाउने स्काभेटर आएपछि मात्र ढुङ्गा हटाएर बाटो सञ्चालन गर्न सकिने सुपरभाइजर गणेश बोहराले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते