होमपेज > खुकुरी प्रहारबाट १४ वर्षीया बालिकाको मृत्यु, एक जना घाइते

खुकुरी प्रहारबाट १४ वर्षीया बालिकाको मृत्यु, एक जना घाइते

बिज्ञापन
बिज्ञापन

सुनसरीको धरानमा खुकुरी प्रहारबाट बालिकाको हत्या भएको छ।

बिज्ञापन

मंगलबार मध्यान्हमा धरान उपमहानगरपालिका-३ माछाभौडीमा खुकुरी प्रहार गरी एक जना बालिकाको हत्या भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए। माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना शाही र उनकी १४ वर्षीया छोरी युनिसा शाहीमाथि बहिनीज्वाई पर्ने खाँदबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेका थिए।

बिज्ञापन

सिर्जना आफ्नै मोबाइल पसलमा बसिरहँदा बबिनसँग घरायसी विवाद भएको थियो। सामान्य झगडा हुँदा बबिनले सिर्जना र उनकी छोरी युनिसामाथि अन्धाधुन्धा खुकुरी प्रहार गरेको एसएसपी दाहालले बताए। खुकुरी प्रहारबाट सिर्जनातको बाँया पाखुरामा चोट लागेको छ। युनिसाको बाँया छातीमा गम्भीर चोट लागेको थियो। घाइते दुबै जनालाई प्रहरीले उद्धार गरी उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा पौने १ बजे चिकित्सकले युनिसालाई मृत घोषणा गरेको थियो।

बबिनलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते