होमपेज > जिल्ला समन्वय प्रमुख र कांग्रेस नेताबीच कुटाकुट

जिल्ला समन्वय प्रमुख र कांग्रेस नेताबीच कुटाकुट

बिज्ञापन
बिज्ञापन

अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ ।

बिज्ञापन

आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा सँगै मदिरा सेवन गरेका दुवैबीच कुटाकुट हुँदा दुईजनै घाइते भएका छन् । कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

बिज्ञापन

राति साढे १० बजे रक्सी खाएकै ठाउँमा कुटाकुट भएको खबर प्रहरीले पाएको थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल पुराएको थियो । स्वास्थ्य परीक्षणमा दुवैजनाले मदिरा सेवा गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार मदिरा सेवनपश्चात् व्यक्तिगत विवाद बढ्दै जाँदा सरकारी निवासमै झगडा भएको थियो । प्रहरीले दुवैजनामाथि थप अनुसन्धान गरिरहेको छ । उनीहरू दुवै कांग्रेस नेता हुन् । पार्टीमा अन्य व्यक्ति पनि थिए । तर, कुँवर र शाहबीच कुटाकुट भएको थियो । बोलाएको बेला उपस्थित हुने सर्तमा दुवैलाई प्रहरीले छोडेको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते