तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। घटनास्थलबाट १४ जनाको शव निकालिएको तनहुँ प्रहरीले जनाएको छ ।
बिज्ञापन
पोखराबाट काठमाडौं हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। तनहुँ प्रहरीका अनुसार आज बिहान साढे ११ बजेतिर आँबुखैरेनीनजिकै ऐना पहराबाट बस नदी किनारमा खसेको हो। गत महिना चितवनको सिमलतालमा दुइटा यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा दर्जनौं मानिसको मृत्यु भएको थियो।








