होमपेज > सर्वोच्च अदालतमा पूर्व डीआईजी शाह विरुद्ध पुनरावेदन

सर्वोच्च अदालतमा पूर्व डीआईजी शाह विरुद्ध पुनरावेदन

बिज्ञापन
बिज्ञापन

पूर्व डीआईजी महेशविक्रम शाह विरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

बिज्ञापन

विशेष अदालतले पुस ११ मा गरेको फैसलामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए । विशेष अदालतले शाहलाई ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना हुने ठहर गरेको थियो । मध्य क्षेत्रीय तालिम केन्द्रका तत्कालीन लेखापाल दीपेन्द्रप्रसाद पनेरुलाई पनि विशेषले शाहलाई समान जेल र जरिवाना हुने फैसला गरेको थियो ।

बिज्ञापन

प्रतिवादीहरू केशव सिंह ऐरी र सञ्जीव विशंखेले आरोपदाबीबाट सफाइ पाएका थिए । प्रतिवादी शाह र पनेरुले हानी नोक्सानी गरेको बिगोलाई भागबन्डा गरेर कैद तथा जरिवानाको सजाय घटाएर विशेषले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै आयोगले बदर गर्न माग गरेको छ । विशंखे कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल हुन् ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते