होमपेज > पाठेघरको बायोप्सी गर्न बेहोस बनाइएकी महिलाको मृत्यु

पाठेघरको बायोप्सी गर्न बेहोस बनाइएकी महिलाको मृत्यु

बिज्ञापन
बिज्ञापन

भरतपुर अस्पतालमा पाठेघरमा देखिएको समस्याको उपचार गर्न एनेस्थेसिया दिइएकी महिलाको मृत्यु भएको छ।

बिज्ञापन

नवलपुरको गैंडाकोछ–५ ओमशान्ति चोक घर भएकी ३९ वर्षीया सम्झना काफ्ले मंगलबार दिउँसो पाठेघरको समस्याको उपचारका लागि अस्पताल पुगेकी थिइन् पाठेघरमा पोलिप देखिएपछि बायोप्सी गर्न उनलाई अस्पतालमा भर्ना गरिएको थियो। ‘दिउँसो २ बजे भर्ना गरेर एनेस्थेसिया दिइयो। त्यसपछि कोल्टो फर्काएर राखियो। दुरबिनमार्फत काम सुरु गर्नमात्रै थालिएको थियो बिरामीको मृत्यु भएछ,’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले भने, ‘कसरी त्यस्तो भयो भनेर बुझिरहेका छौं।’

बिज्ञापन

काफ्लेको राति १० बजे मृत्यु भएको थियो। डा.पौडेलले बिरामीको मुटुमा पनि समस्या रहेका कारण बेहोस बनाउने औषधीको असर परेको हुनसक्ने बताए। काफ्लेका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। ‘मृतकका आफन्तहरु हिजो राति नै आउनुभएको थियो। अहिले पनि आउनुभएको छ। जाहेरी दिने भन्ने सुनेको छु। उहाँहरु कानुनअनुसार जान पाउनुहुन्छ। अनुसन्धान त भइहाल्छ। गल्ती देखिए कारबाही पनि भइहाल्छ,’ डा.पौडेलले भने।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते