कैलाली जिल्लाको अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिज्ञापन
विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा पछिल्लो ६ घन्टामा ९०.२ मिलिमिटर वर्षा भएको छ। भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ।








