होमपेज > प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड पूरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा

प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड पूरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा

बिज्ञापन
बिज्ञापन

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड पूरा भएको छ।

बिज्ञापन

यो उपलब्धि हासिल गर्ने इसेवा, नेपालको पहिलो डिजिटल वालेट एप भएको कम्पनीको दाबी छ। इसेवाले एक करोड डाउनलोडलाई ‘खुसीका एक करोड पलहरूु भनेर मनाएको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ। यो यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नु परेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्‍याएको छ।

बिज्ञापन

सन् २००९ मा स्थापना भई सेवा दिई आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धि हासिल गरेको हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंकहरू, ४५ लघुवित्तहरू ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले एक करोड डाउनलोड गरी इसेवालाई माया गर्नुहुने प्रयोगकर्ता, ग्राहक, एजेन्ट तथा मर्चेन्टहरू सम्पूर्णका धन्यवाद व्यक्त गरे।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते