माछापुच्छ्रे बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले भदौमा मुद्दती निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यसअघि साउनमा पनि बैंकले सोही ब्याजदर दिँदै आउको छ ।
बिज्ञापन
त्यस्तै, बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । साउनमा पनि बैंकले साधारण बचतमा पनि सोही ब्याजदर कायम थियो ।








