होमपेज > एसइईको मार्कस्लिपमा अङ्क चढाउँदा धेरै त्रुटि

एसइईको मार्कस्लिपमा अङ्क चढाउँदा धेरै त्रुटि

बिज्ञापन
बिज्ञापन

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी त्रुटि मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा भएको पाइएको छ । २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्योग गरेका विद्यार्थीको नतिजाबाट यस्तो देखिएको हो । पुनर्योगका लागि दिएकाहरूको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८० सालको एसइईको नतिजालाई लिएर पुनर्योगका लागि १८ हजार ६१२ निवेदन परेको थियो । पुनर्योगका लागि निवेदन दिएकामध्ये अब ३० जनाको मात्रै नतिजा सार्वजनिक हुन बाँकी छ । बाँकी नतिजा एक-दुई दिनमै सार्वजनिक हुने प्रक्रियामा रहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले बताउनुभयो । बोर्डका अनुसार तीमध्ये ८४३ विषयमा नतिजा परिवर्तन भएको छ । यसो भनेको कुल आवेदनको ४.६ प्रतिशत हुन आउँछ । बोर्डले दिएको जानकारी अनुसार नतिजामा त्रुटि आउनुमा थुप्रै कारण पत्ता लागेको छ ।

बिज्ञापन

जसमध्ये मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा सबैभन्दा धेरै अर्थात् १.१४ प्रतिशत त्रुटि देखिएको छ । उत्तरपुस्तिकाबाहिर अङ्क चढाउँदा ०.९४ प्रतिशत त्रुटि भएको छ । बाहिर अङ्क जोड्दा ०.८७ प्रतिशत र उत्तरपुस्तिका परीक्षणका क्रममा ०.७० प्रतिशत त्रुटि भएको देखिएको छ । परीक्षण गर्दा र जोड्दा दुवैमा भएको त्रुटि ०.०४ प्रतिशत छ । उत्तरपुस्तिकाबाहिर अङ्क चढाउँदा र जोड्दा ०.९२ प्रतिशत, जोड्दा र प्रविष्ट गर्दा ०.०१ प्रतिशत र परीक्षण गर्दा, अङ्क चढाउँदा र जोड्दा ०.०१ प्रतिशत त्रुटि देखिएको बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले कक्षा ९ मा फाराम भर्ने बेलादेखि भएको त्रुटिको एकमुष्ट परिणाम एसइईको नतिजा सार्वजनिक गर्दा देखिएको बताउनुभयो । “सरसर्ती बाहिरबाट हेर्दा बोर्डको कमजोरीका कारण नतिजामा त्रुटि भयो भन्ने सुनिन्छ । तर वास्तविकता त्योभन्दा फरक छ,” उहाँले भन्नुभयो, “कतै परीक्षार्थी आफैँले गलत अङ्क लेखेका कारण समस्या देखिएको छ । कतै परीक्षणका क्रममा पनि समस्या देखिएको छ । एउटा निकायले मात्रै सुधार गरेर यो समस्याबाट पार पाउन सकिने देखिँदैन ।”

बिज्ञापन

बोर्डका अनुसार अहिलेको पुनर्योगबाट परिवर्तन भएको नतिजा गत वर्षको भन्दा थोरै हो । २०७९ साल (गत वर्ष) को एसइईको नतिजाप्रति चित्त नबुझाई पुनर्योगका लागि तीन हजार ४५६ जनाले आवेदन दिएकोमा ९६४ अर्थात् आवेदनको २५ प्रतिशतको नतिजा परिवर्तन भएको थियो । त्यस्तै २०७८ सालमा ६४१ को आवेदन परेकोमा २९८ अर्थात् ४.९३ प्रतिशतको नतिजा परिवर्तन भएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते