होमपेज > प्रभु बैंक र बुद्ध एयरबीच सम्झौता

प्रभु बैंक र बुद्ध एयरबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले अब बुद्ध एयरको सेवा उपयोग गर्दा विशेष छुट पाउने भएका छन्। एक विशेष समारोहमा सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले हस्ताक्षर गरेका हुन्।

बिज्ञापन

सम्झौता अनुसार, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाणका आधारमा बुद्ध एयरको टिकट खरिद गर्दा ८५ छुट प्राप्त गर्नेछन्। यो छुट बुद्ध एयरका टिकट बिक्री काउन्टरहरूबाट टिकट खरिद गर्दा लागू हुनेछ। बुद्ध एयरले सन् १९९७ मा स्वीकृति प्राप्त गरी १९९७ अक्टोबर ११ मा पहिलो उडान गरेको थियो। हाल, बुद्ध एयरले आन्तरिक उडानहरूको साथ साथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ।

बिज्ञापन

प्रभु बैंक, जो हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको छ, नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम, र ६९ एक्सटेन्सन काउन्टरहरू मार्फत करिब ३१ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने मूल नाराका साथ, बैंकले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ। प्रभु बैंकले छोटो समयमै लण्डन स्थित दि फाइनान्सियल टाइम्सबाट “बैंक अफ द इयर–२०२३” को सम्मान प्राप्त गर्नुका साथै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्ड पनि जितेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते