होमपेज > नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ सौन्दर्य सामग्री सार्वजनिक

नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ सौन्दर्य सामग्री सार्वजनिक

बिज्ञापन
बिज्ञापन

नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले उक्त सामग्री सार्वजनिक गरेका हुन्। शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् भने अधिकारी कम्पनीको ब्राण्ड एम्बेस्डर समेत हुन्।

बिज्ञापन

सौन्दर्य सामग्री सार्वजनिक गर्दै शेखले धेरै ब्रान्डको सामग्री प्रयोग गरे पनि ‘ट्रु स्किन’ भिन्न रहेको बताइन्।
मैले धेरै प्रोडक्ट लन्च गरे तर ट्रु स्किनको जस्तो अरू राम्रो भेटिन्। यसलाई सबैले प्रयोग गरेर यसको फाइदा उठाउनु होला, उनले भनिन्। ब्रान्डको १६ वटा प्रोडक्ट रहेको छ। लक्जरियस ५० यसपिएफ प्लस क्रिम, लक्जरियस ५० यसपिएफ पल्स जेल, बेबी डिएम मोइस्चराइजर क्रिम, ग्लो ह्वाईटिङ क्रिम छन्। त्यस्तै, भिटामिन सी क्रिम, एक्टिभ सावर जेल, एक्टिभ फेस वास, ग्लो फेस वास, ड्रिमा मोइस्चराइजर लोसन, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाइटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट आयल बजारमा सार्वजनिक भएको हो।

बिज्ञापन

शेख र अधिकारीले प्रोडक्टको अनावरण गरेका थिए। शेखले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रु स्किनको प्रभावकारिताबारे समेत बताइन्। नेपाली ब्रान्ड रहेको ट्रु डर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्रान्डका निर्देशक सुशान्त मुरारकाले बताए। ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो। छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले बताए। उनका अनुसार प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको छ। छालालाई स्वास्थ्य, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ।

हामीले प्रोडक्टको गुणस्तरलाई ध्यान दिएका छौं। सामान राम्रो भएमा छाला पनि राम्रो हुनेछ, उनले भने, हामीले विस्तृत रूपमा अध्ययन गरेर यो प्रोडक्ट बजारमा ल्याएका हौ। ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्‍न यो प्रोडक्ट लन्चलाई ठूलो महत्त्व दिएको मुरारकाले बताए। यो उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ। छालालाई स्वस्थ र आकर्षक बनाउने पूरा विश्वास छ,उनले थप भने।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते