होमपेज > महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँसहित सम्मान

महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँसहित सम्मान

बिज्ञापन
बिज्ञापन

काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

बिज्ञापन

महानगरले बिहीबार नेपाली टिमका सबै सदस्यलाई समान एक लाख रुपैयाँसहित सम्मान गरेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले बताए । “काठमाडौं महानगरपालिकाले नेपाली महिला टिमको सम्मान गर्दै टिमका सबै सदस्यलाई समान एक लाख रुपैयाँ दिएको छ । महानगरले बिहीबार टिमका सबै सदस्यलाई एक लाखको चेक हस्तान्तरण गरिसकेको छ,” संघका महासचिव श्रेष्ठले भने ।

बिज्ञापन

नेपाली टिम बुधबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि उपविजेतामा सीमित बनेको हो । प्रतियोगिताको लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकाले पनि फाइनलमा भने नेपाली टिमले त्यसलाई कायम राख्न सकेन । साउन १७ गतदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतसँगै इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच टिमको सहभागिता थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते