नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति गर्ने भएको छ । टेलिकमले एक सूचना जारी गर्दै बिलिङ प्रणाली स्तरोन्नति गर्दा सेवाहरू अवरूद्ध हुनसक्ने जनाएको छ ।
बिज्ञापन
साउन १७ गते राति १२ बजेदेखि करिब चार घण्टा सेवा अवरूद्ध हुने जारी सूचनामा उल्लेख छ । उक्त अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद सेवाहरू अवरूद्ध हुनसक्ने भएकाले त्यसअघि नै आवश्यक सेवा लिइराख्न सूचना गरेको छ ।
बिज्ञापन
उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा पीएसटिएनरएफटिटिएच भ्वाइस रडाटारआइपीटिभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ रिचार्जरप्याकेजरसब्सक्रिसन वा अन्य कुनै सेवा सम्बन्धी समस्या भएमा १४९८ वा १९८ फोन गर्न सुझाव दिएको छ ।









