होमपेज > आजको मौसम: कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना?

आजको मौसम: कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना?

बिज्ञापन
बिज्ञापन

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुनसक्ने छ ।

बिज्ञापन

महाशाखाका अनुसार अरु बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वरिष्ठ मौसमविद मिनकुमार अर्यालले अनलाइनखबरसँग भने, ‘दिउँसो घामपानी र राति वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ ।’

बिज्ञापन

काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अपराह्न भने बदली र वर्षाको सम्भावना रहेको मौसमविदको पूर्वानुमान छ । महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा अहिले सरदर स्थानमै छ । यद्यपि तुलनात्मक रुपमा अघिल्ला दिनहरुभन्दा आगामी केही दिन मनसुन हल्का सक्रिय हुने सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक आउने सम्भावना रहेकाले केही स्थानमा भारी वर्षा हुनसक्ने बताएका छन् । उनका अनुसार मध्य तराईरचुरे क्षेत्रमा सोमबार राति भारी वर्षाको सम्भावना छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते