होमपेज > लागू औषधसहित ३ जना पक्राउ

लागू औषधसहित ३ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

नुवाकोटको बट्टारबाट प्रतिबन्धित लागू औषधसहित ३ जना युवक पक्राउ परेका छन्। प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

बिदुर नगरपालिका २ बट्टारमा डेरा गरी बस्ने २९ वर्षीय रमेश मिजारको कोठामा प्रतिबन्धित लागू औषध फेला परेपछि तीन जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पक्राउ परेकाहरुमा उनीसहित बिदुर १ ढुङ्गे बस्ने २६ वर्षीय अनिष महर्जन र सोही स्थान बस्ने १९ वर्षीय सुरेश तामाङलाई प्रतिबन्धित लागू औषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

बिज्ञापन

डिएसपि भारतीका अनुसार रमेश मिजारको कोठामा प्रतिबन्धित लागू औषध ट्रमाडोल हाइड्रोक्लोराइडको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी अधिकृतसहितको टोली खटिइ खानतलासी गर्दा उक्त कोठाभित्रको ओछ्यानमा सिरक र सिरानीले छोपी हरियो रङ्गको प्लाष्टिक भित्र लुकाइ राखेको ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल १४ पत्तामा १३४ ट्याब्लेट र नाइट्रभेट १० एक पत्तामा ६ ट्याब्लेट फेला परेको थियो। उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको छ।

उनीहरूलाई नुवाकोट जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिनको हिरासतमा राख्ने म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको छ। नुवाकोटमा लागू औषधका घटनाहरूमा वृद्धि भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते