होमपेज > काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्यो

काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्यो

बिज्ञापन
बिज्ञापन

काठमाडौं उपत्यकामा हैजाको जोखिम देखिएको छ । ललितपुरका १६ वर्षिय एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएसँगै उपत्यकामा हैजाको जोखिम बढेको हो ।

बिज्ञापन

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुर्नस्थापना केन्द्रमा बस्ने ती किशोरमा हैजा पुष्टि भएको हो । त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ । पछिल्लो समय झाडापखालाका दैनिक १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुर्नस्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्ने भएको छ । हैजा भएका मानिसको दिसाबाट कीटाणु फैलने गर्छ । ती कीटाणु पानी र खानाको माध्यमबाट अन्य मानिसमा प्रवेश गरेसँगै हैजा फैलने गर्छ । पानी, बासी खानेकुरा, नपकाएको खानेकुराबाट पनि हैजा सर्ने जोखिम हुन्छ । पातलो चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् ।

हैजा लाग्न नदिन पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, फलफूल र तरकारी राम्ररी सफा गरेर खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते